भारतको नयाँ दिल्लीमा आयोजित पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठकका क्रममा नेपालका गृहमन्त्री सुदन गुरुङ र भारतका गृहमन्त्री अमित शाहबीच भेटवार्ता भएको छ।
सो भेटवार्ताबारे जानकारी दिँदै भारतीय गृहमन्त्री शाहले नेपालका गृहमन्त्रीसँग भेट गर्न पाउँदा खुसी लागेको बताएका छन्। भेटका क्रममा दुई पक्षबीच आपसी द्विपक्षीय सहकार्यलाई थप प्रगाढ बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ।
यसका साथै यस क्षेत्रको शान्ति, प्रगति र समृद्धिका लागि नेपाल र भारतबीचको घनिष्ठ सम्बन्धलाई अझ बलियो बनाउँदै लैजाने विषयमा छलफल भएको कुरा भारतीय गृहमन्त्री शाहले सामाजिक सञ्जालमार्फत उल्लेख गरेका छन्।







प्रतिक्रिया लेख्नुहोस्