अमेरिकन पेस्तोलसहित दुई जना पक्राउ परेका छन् । प्रहरीले मोरङबाट अमेरिकन पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको हो ।
कानेपोखरी गाउँपालिका-६ शिवालय चोक बस्ने ३० वर्षीय रुद्रबहादुर क्षेत्री र ४० वर्षीय पूर्णबहादुर बोहोरा पक्राउ परेको प्रहरीले जानकारी दिएको छ । उनीहरूलाई प्रहरीले मंगलबार मध्यराति घरैबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ । क्षेत्रीको घरमा तलासी लिने क्रममा मेड इन युएसए लेखिएको पेस्तोल र तीन राउन्ड गोली फेला परेको मोरङका प्रहरी उपरीक्षकले बताएका छन् ।
हतियार खरिदका क्रममा बोहोरासमेत संलग्न रहेको खुलेपछि प्रहरीले बुधबार बिहान ३ बजे उनलाई पक्राउ गरेको उनले जानकारी दिएका छन् ।







प्रतिक्रिया लेख्नुहोस्