मोरङ। प्रहरीले ट्यांकर चोरी गरेको आरोपमा दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका-४ का २६ वर्षीय श्रवणकुमार यादव र सोही महानगरका २६ वर्षीय विक्की राय रहेका छन् । उनीहरुले नेपाल आयल निगमको उत्तरतर्फ रहेको पार्किङ स्थलबाट २० हजार लिटर डिजेल सहितको ना ४ ख ४६९ नम्बरको ट्यांकर चोरी गरेको प्रहरीको दाबी छ ।
पक्राउ परेका उनीहरुलाई मोरङ जिल्ला अदालतबाट चोरी कसूरमा ५ ९पाँच० दिन म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







प्रतिक्रिया लेख्नुहोस्