२०८३ असार ५, शुक्रबार

पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु, एक बेपत्ता

भारी वर्षासँगै पोखरा महानगरपालिका वडा नं। २० भलाममा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । र्यालेचौरस्थित महेन्द्र मावि स्कुल नजिकैका स्थानीय कृष्ण श्रेष्ठको घर पुरिँदा कृष्ण श्रेष्ठ र उनकी श्रीमती सुनमाया तामाङको मृत्यु भएको हो ।

पहिरोमा पुरिएर बेपत्ता भएका श्रेष्ठको उपचारका क्रममा मृत्यु भएको कास्की प्रहरी प्रवक्ताले जानकारी दिएका छन् । पहिरोमा परि श्रेष्ठका तीन वर्षीय छोरा सन्तोष श्रेष्ठ बेपत्ता भएका छन् भने नौ वर्षीय छोरा राजकुमार श्रेष्ठ घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

अविरल वर्षाका कारण भलामका धेरै घर पहिरोको जोखिममा रहेको प्रहरीले जानकारी दिएको छ ।

 

प्रतिक्रिया लेख्नुहोस्