२०८३ असार ५, शुक्रबार

अबैध लागूऔषधसहित दुई जना पक्राउ

अबैध लागूऔषधसहित दुई जना पक्राउ परेका छन् ।

मोरङको रतुवामाई नगरपालिका २ घरु चौकबाट नियन्त्रित लागूऔषध ५ सय ट्याब्लेट स्पासपेन र १ हजार ट्याब्लेट ट्रामाडोल सहित मोरङ उर्लाबारी नगरपालिका ५ बस्ने २३ वर्षीय समिर मगर लगायत २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो।

मे.१ ह ३१७२ नम्बरको ट्याम्पोलाई ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी ट्याम्पो चालक मगर सहित २ जनालाई पक्राउ गरेको जानकारी दिइएको छ ।

प्रतिक्रिया लेख्नुहोस्