हालसम्म अफगानिस्तानबाट ८ सय ५७ जना नेपाली नागरिकको उद्धार गरिएको छ । आज बिहिबार थप १० जना नेपालीको उद्धार गरिएसंगै ट ८ सय ५७ जना नेपाली नागरिकको अफगानिस्तानबाट उद्दार गरिएको हो ।
अफगानिस्तानबाट उद्धार गरेर विभिन्न समयमा यूएईको दुबईमा र कतारको दोहामा राखिएका १० जना काठमाडौँ आइपुगेका हुन् । बुधबार साँझ फ्लाई दुबइको नियमित उडानबाट ६ जना र कतार एयरको नियमित उडानबाट २ जना तथा बिहीबार कतार एयरको नियमित उडानबाट २ जना समेत गरी थप १० जना नेपाली स्वदेश फर्किएको परराष्ट्र मन्त्रालयले बताएको छ ।
अझै अफगानिस्तानको राजधानी काबुलमा ३४ जना नेपाली उद्धारको पर्खाइमा रहेका छन् ।







प्रतिक्रिया लेख्नुहोस्