२०८३ असार ५, शुक्रबार

चितवनबाट ५१ किलो गाँजासहित चार जना पक्राउ

चितवनबाट ५१ किलो गाँजासहित चार जना पक्राउ परेका छन् ।

 

ना७ख ५०११ नम्बरको रात्रि बसबाट रत्ननगर नगरपालिका-१५ का २७ वर्षीय सोनाम वाइबा, कालिका नगरपालिका-८ का २५ वर्षीय विमल तामाङ, काठमाडौं बुढानिलकण्ठ नगरपालिका-८ का २० वर्षीष राजकुमार तामाङ र चितवन राप्ती नगरपालिका-१ का २० वर्षीय मिनराज घलान पक्राउ परेका हुन्। चारै जनालाई प्रहरीले हिरासतमा लिई अनुसन्धान गरिरहेको छ। वाइबा र तामाङद्वय रात्रि बसमा काठमाडौंबाट शुक्रबार चितवन गइरहेका थिए।

घलान भने ना२ह ५८८० नम्बरको अटो चालक हुन्। उनको अटोबाट प्रहरीले ३५ किलो गाँजा बरामद गरेको थियो।

 

प्रतिक्रिया लेख्नुहोस्