विभिन्न घटनामा संलग्न भएको अभियोगमा ४ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले मोटरसाइकल र मोबाइल पसलबाट सामान चोरी गरेको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको हो ।
चोरीका ५ मोटरसाइकलसहित २ जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–२१ पार्वतीपुर बस्ने ३१ वर्षीय रोदित श्रेष्ठ र श्रेष्ठको मोटरसाइकल वर्कशपमा काम गर्ने कलैया उपमानगरपालिका–६ का ३५ वर्षीय कृष्ण साह रहेका छन् ।
कार्यालयले शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरी उनीहरुलाई सार्वजनिक गरेको हो ।







प्रतिक्रिया लेख्नुहोस्