२०८३ असार ५, शुक्रबार

झापामा एक जना युवक आफ्नै दाइको हत्याको आरोपमा पक्राउ

झापामा एक जना युवक आफ्नै दाइको हत्याको आरोपमा पक्राउ परेका छन् । कचनकवल गाउँपालिका–३ बस्ने रतन राजवंशी आफ्नै दाइको हत्याको आरोपमा पक्राउ परेका हुन् ।

आइतबार साँझ बिर्तामोड नगरपालिका–४ मा डेरा गरी बस्ने अन्दाजी ५० वर्षीय भात्रु राजवंशी आफू सुत्ने कोठाभित्र मृत अवस्थामा फेला परेको सूचना प्राप्त भएकोजिल्ला प्रहरी कार्यालयका प्रवक्ताले जानकारीि दिएका छन् । सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी अधिकृतसमेतको टोली घटनास्थल पुगेर मृतकका छोरासँग सोधपुछ गर्दा आफ्नो काकाले मार्तोलले कुटपिट गरेर फरार रहेको बताएका थिए ।

प्रहरी टोलीले त्यसपछि राति ९ बजे ३७ वर्षीय रतन राजवंशीलाई आफन्तको घरबाट हत्यामा प्रयोग भएको मार्तोलसहित पक्राउ गरेको थियो । प्रवक्ताले उनलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको र आज झापा जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी थप अनुसन्धान गरिने बताएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्