२०८३ असार ५, शुक्रबार

ट्र्याक्टर किचेर एक जनाको मृत्यु

ट्र्याक्टर किचेर एक जनाको मृत्यु भएको छ ।

पाँचथरको मिक्लाजुङ गाउँपालिका-२ लक्ष्मीचौकमा ट्र्याक्टरले किचेर एक जनाको मृत्यु भएको हो ।

ढुङ्गा बोकेको प्रदेश नम्बर १–०१–००१ त ९०३४ नम्बरको ट्र्याक्टरबाट ओर्लिँदै गरेका २९ वर्षका अभिषेक आङदम्बेलाई पछाडिबाट आएको अर्को ट्र्याक्टरले किच्दा ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्