तनहुँमा यही भदौ ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा लम्ब्याइएको छ । जिल्ला कोभिड व्यवस्थापन समितिको आज बसेको बैठकले कोभिड–१९ को जोखिम अझै कम नभएको अवस्थालाई मध्यनजर गर्दै निषेधाज्ञा अवधि बढाएको हो ।
कोभिड–१९ व्यवस्थापन सम्बन्धमा व्यवस्था बनेको अध्यादेश, २०७८ को दफा ४ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ र सङ्क्रमण रोग ऐन, २०२० को दफाले दिएको अधिकार प्रयोग गरी यसअघि जारी गरिएको निषेधाज्ञालाई निरन्तरता दिँदै थप १० दिन निषेधाज्ञा बढाइएको प्रमुख जिल्ला अधिकारीले जानकारी दिएका छन् ।
कोरोना सङ्क्रमण जोखिम नियन्त्रणका लागि स्मार्ट लकडाउनसम्बन्धी कार्यविधि–२०७८ मा उल्लिखित सूचकअनुसार जोखिमको स्कोरिङ गर्न सकिने अवस्था देखिएमा स्वास्थ्य प्रोटोकलको पूर्णपालन गरी २५ जनाभन्दा नबढ्ने गरी न्यूनतम सहभागितामा तालिम तथा प्रशिक्षणका कार्यक्रम सञ्चालन गर्न गराउन सकिने छ ।







प्रतिक्रिया लेख्नुहोस्