नेपाल टेलिकमको टावर डब्लुडिआर १ सय ६१ मा ४८ थान ब्याट्री चोरी गर्ने व्यक्ति पक्राउ परेका छन् । नेपाल टेलिकम दूरसञ्चार कार्यालय अन्तर्गत धुर्कोटमा रहेको नेपाल टेलिकमको टावर डब्लुडिआर १ सय ६१ मा रहेको ४ सय एच–२ भोल्टका ४८ थान ब्याट्री चोरी गर्ने व्यक्तिलाई यहाँको प्रहरीले पक्राउ गरेको हो ।
गुल्मीबाट खटिएको प्रहरीले निजको डेरा मै पुगेर खान–तलासी गर्दा उक्त ४८ थान ब्याट्री बरामद गरी निजलाई नियन्त्रणमा लिई गुल्मी जिल्ला अदालतमा म्याद थप गरी अनुसन्धान अगाडी बढाइएको जिल्ला प्रहरी प्रमुख एसपीले जानकारी दिएका छन् । भदौ ९ गते धुर्कोट गाउँपालिका–६, धुर्कोट कोटको उक्त टावरबाट ४८ थान ब्याट्रीहरू अज्ञात व्यक्तिले चोरी गरी बुटवल तर्फ लगेको हुँदा उक्त व्यक्तिको खोज तलास गरी पाउँ भनी दूरसञ्चार कार्यालय गुल्मीले भदौ १० गते जिल्ला प्रहरी कार्यालय गुल्मीलाई पत्र पठाएको थियो ।
हरीले उक्त व्यक्तिको खोजतलास गर्दै जाँदा बुटवल उपमहानरपालिका–११ प्रगतिनगरमा डेरा गरी बस्ने ३१ वर्षीय सचेन्द्र कुमार गौतम भन्ने ३१ वर्षीय भारतीय नागरिक सत्यन्द्रकुमारले चोरी गरी ती ब्याट्रीहरू डेरा मै लुकाइ राखेको पत्तो लगाएको थियो ।







प्रतिक्रिया लेख्नुहोस्