२०८३ असार ५, शुक्रबार

प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा ४ जना पक्राउ

प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा ४ जना पक्राउ परेका हुन् । कागेश्वरी मनोहरा नगरपालिका–९ सनसिटीस्थित ड्यूटीमा खटिएको प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा ४ जना पक्राउ परेका हुन् ।

होटल सञ्चालिका कास्की पोखरा महानगरपालिका– ७ एयरपोर्ट घर भएकी ४२ वर्षीया रुपा थापामगर लगायत ४ जना पक्राउ परेको जानकारी दिइएको छ । होटलमा हो–हल्ला भइरहेको भन्ने जानकारी प्राप्त हुनासाथ खटिएको प्रहरी टोलीमाथि मादक पदार्थ सेवन गरी बसेका उनीहरुले प्रहरीलाई हातपात गरी अभद्र व्यवहार गरेको आरोप प्रहरीले लगाएको छ ।

घटनामा संलग्न भई फरार रहेका कास्कीका २२ वर्षीय रविन थापा मगरको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्