२०८३ असार ५, शुक्रबार

चट्याङ लागेर एक युवाको मृत्यु, ४ घाइते

रुपन्देहीको मर्चवारमा चट्याङ्ग लागेर एक युवाको मृत्यु भएको छ । भने अन्य ४ जना घाइते भएका छन् । र्मचरवारका छुट्टाछुट्टै ठाउँमा भएका घटनामा एक जनाको मृत्यु भएको र अन्य ४ जना घाइते भएका रुपन्देही प्रहरी प्रवक्ताले जानकारी दिएका छन् ।

जिल्लाको मर्चवारी गाउँपालिका वडा नम्बर ३ रायपुर कोमरवाका १५ वर्षिय श्यामसुन्दर यादवको चट्याङ लागेर मृत्यु भएको छ । उनीसँगै रहेका स्थानीय ११ वर्षिय सन्तोष यादव घाइते भएका छन् । उनको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।स्तै, चट्याङ्ग लागेर मर्चवारी गाउँपालिका–१ कोटियहवाको इन्द्रावती यादव, माया यादव, गौरी यादव पनि चट्याङबाट घाइते भएको उनले जानकारी दिएका छन् ।

उनीहरुलाई उपचारको लागि मेडिकल कलेज भैरहवा उपचारको लागि ल्याएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्