२०८३ असार ४, बिहिबार

पत्रकार कुटपिटबारे तालिबानले भन्यो, ‘हामी लज्जित छौं, अब यस्तो गर्दैनौं’

अफगानिस्तानमा पत्रकारविरुद्ध हिंसामा भएको वृद्धिसँगै रिपोर्टर्स विदआउट बोर्डर्स (आरएसएफ) ले चिन्ता व्यक्त गरेको छ । बिहिबार नीजि समाचार च्यानल टोलो न्यूजले पत्रकार र संवाददातामाथि अफगानिस्तानमा तालिबानले कुटपिट गरेको जानकारी दिएको छ ।

आरएसएफका अफगानिस्तान डेस्कका प्रमुख रेजा मोइनीले ७ र ९ सेप्टेम्बरको ४८ घण्टाका बेला तालिबानले २४ जना पत्रकारलाई हिरासतमा लिएका थिए जसलाई पछि रिहा गरियो ।तालिबानका सदस्यले तालिबान भविष्यमा यस्तो प्रकारको घटनाबाट बच्ने बताएका छन् ।

उनले भने, ‘पछिल्ला केही दिनमा पत्रकार पीडित भएका छन् यसका लागि हामी लज्जित छौं । हामी उहाँहरुको चुनौती सुल्झाउने कोसिस गरिरहेका छौं । हामीले यसमाथि काम गर्नेछौं र उनीहरुसँग सही तरिकाले व्यवहार गर्ने कोसिस गर्नेछौं ।’ एजेन्सी

प्रतिक्रिया लेख्नुहोस्