२०८३ असार ४, बिहिबार

मानव बेचबिखनमा संलग्न रहेको अरोपमा दुई महिला पक्राउ

सिरहा प्रहरीले मानव बेचबिखन तथा ओसोर पोसारमा संलग्न रहेको अरोपमा दुई महिला पक्राउ परेका छन् । १६ र १९ वर्षका दुई युवतिलाई भारततर्फ बेचविखनको लागि लानेक्रममा प्रहरीले पूर्वपश्चिम राजमार्ग अन्तर्गत नरहा नगरपालिका ३ चोहर्वाबाट सप्तरी कञ्चनरुप नगरपालिका ११ बेङगरीकी २८ वर्षिय ललिता चौधरी र सिरहा धनगढिमाई नपा १ बाखैरकी ३५ वर्षिय उषा देवी मलाहलाई पक्राउ गरेको हो ।

उनीहरुले ती युवतीलाई लहान आश्रममा मासिक ५० हजारको दरले काममा लगाईदिने भनी बोलाएको युवतिहरुलाई उद्धरित गर्दै प्रहरीले जानकारी दिएको छ । लहान आईसकेपछि यहाँभन्दा अभै राम्रो काम जनकपुरमा पाइन्छ भन्दै ल्याएका उनीहरुलाई चोहर्वामा नै ओरालेर माडरतर्फ लान ठिक पारेको बेला प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपीले बताएका छन् ।

पक्राउ परेका दुवैजनामाथि मानव वेचविखन तथा ओसारपसार कसुरमा जिल्ला अदालतबाट म्याद थप गरी आपश्यक अनुसन्धान गर्ने तयारी भईरहेको जानकारी दिइएको छ ।

प्रतिक्रिया लेख्नुहोस्