२०८३ असार ५, शुक्रबार

नक्कली बम राखेर आतंक फैलाएको आरोपमा ३ जना पक्राउ

नक्कली बम राखेर आतंक फैलाएको आरोपमा ३ जना पक्राउ परेका छन् । काठमाडौं प्रहरीले काठमाडौं फुटुङ्गका आशिष कुँवर, अभिषेक कुँवर र रोल्पा कुतेलीका अम्मर बहादुर रोका मगरलाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौले आइतबार पत्रकार सम्मेलनमार्फत उनीहरुलाई सार्वजनिक गरेको छ ।उनीहरुले फिरौति अशुल्ने प्रयोजनका लागि आतंक फैलाएको पाइएको महानगरीय प्रहरी परिसरका प्रमुखले जानकारी दिएका छन् ।

यही भदौ २४ गते राजधानीको बानेश्वर मैतिदेबी सडक खण्डमा रहेको आँखा उपचार केन्द्रको तेश्रो तल्लाको शौचालयमा उनीहरुले शंकास्पद बस्तु राखेको बताइएको छ । सहकारीबाट लिएको १७ लाख रुपैया तिर्ने पैसा जुटाउन यस्तो कार्य गरेको अभियुक्तहरुले प्रहरीलाई बयान दिएको जानकारी दिइएको छ ।

प्रतिक्रिया लेख्नुहोस्