गोरखाको आरुघाट गाउँपालिका-१ कल्चेतमा भिरबाट लडेर एक बालकको ज्यान गएको छ । विद्यालयबाट घर फर्किंदै गर्दा अंगेरी टिप्न गएका सात वर्षीय अनमोल गुरुङको लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक गुरुङ चन्द्रोदय प्राविमा अध्ययनरत थिए ।
दाइसँग स्कुलबाट घर फर्किंदै गर्दा बाटोमा अंगेरी टिप्न गएको पाइएको बताउँदै डिएसपी लिलाराज लामिछानेले भने, ‘सोही क्रममा ढुङ्गामा चिप्लिएर अनमोल तल खसेछ, माथिबाट त्यही ढुङ्गा आएर टाउकोमा लागेछ ।’
घाइते गुरुङको प्राथमिक स्वास्थ्य केन्द्र केरौजामा उपचारको क्रममा मृत्यु भएको बताइएको हो । उनको शव पोष्टमार्टमका लागि आरुघाट ल्याउने तयारी भइरहेको डिएसपी लामिछानेले बताए ।







प्रतिक्रिया लेख्नुहोस्