२०८३ बैशाख १८, शुक्रबार

डडेलधुरामा ट्रयाक्टर सडकबाट दुई सय मिटर तल खस्यो, चालक बेपत्ता

डडेलधुराको अमरगढी नगरपालिका–२ स्थित कारीगाउँमा गएराती ट्रयाक्टर सडकबाट करिब २०० मिटर तल खस्दा चालक बेपत्ता भएका छन् ।

डडेलधुराकै बागबजारबाट बगरकोटतर्फ जाँदै गरेको सुदुर पश्चिम प्रदेश ०१० ०२ त ५४४८ नम्बरको ट्रयाक्टर गएराती करिब साढे ११ बजे सडकबाट खसेको थियो ।

दुर्घटनास्थल वरीपरि खोजि गर्दा टयाक्टरको अगाडीको भाग पूर्णरुपमा क्षती भएको अवस्थामा फेला परेको र चालक फेला नपरेको प्रहरी चौकी बागबजार डडेलधुराले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्