२०८३ बैशाख १८, शुक्रबार

अफगानिस्तानमा ६.१ को शक्तिशाली भूकम्पमा एक हजारभन्दा बढीको मृत्यु

अफगानिस्तानमा ६.१ म्याग्निट्युटको शक्तिशाली भूकम्प गएको छ । भूकम्पमा परी कम्तिमा एक हजारको मृत्यु भएको तालिबान सरकारले जनाएको छ ।

भूकम्पबाट जुन जनधनको क्षति भएसँगै तालिवान सरकारले अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल पनि गरेका छ । अफगानिस्तानको खोस्त सहर नजिकै केन्द्रविन्दु रहेको धक्का पाकिस्तान र भारतमा समेत महसुस गरिएको थियो। अहिले भग्नावशेषहरुमा बाँचेकाहरुको खोजी र घाइतेहरुको उद्दारको काम भइरहेको छ ।

भूकम्प गएको क्षेत्र विकट भएको, भीषण बर्षा, स्रोतको अभावले उद्दार कार्यमा कठिनाई भइरहेको उद्दारकर्ताहरुको भनाई छ ।

प्रतिक्रिया लेख्नुहोस्