युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुस आफ्नो मुलुकको पूर्वी डोनबास क्षेत्र ध्वस्त पार्न उद्दत रहेको टिप्पणी गरेका छन् । नियमित भिडियो सन्देश जारी गर्दै राष्ट्रपति जेलेन्स्कीले रुस युक्रेनको डोनबासलाई ध्वस्त पार्न उद्दत रहेको टिप्पणी गरेका हुन् ।
‘डोनबासमा हवाई एवम् तोपखानाबाट विशाल हमलाहरु भइरहेका छन् । आक्रमणकारीको उद्देश्य फेरिएको छैन, उनीहरु डोनबासलाई विस्तारै ध्वस्त पार्न चाहन्छन् ।’ जेलेन्स्कीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । उनले आफ्नो सैन्य बललाई भारी हतियार र तोपखाना प्रणालीको आपूर्तिलाई तीव्रता दिन पश्चिमा नेताहरुलाई आग्रह समेत गरे । ‘हामी बारम्बार युक्रेनमा हतियारको आपूर्तिलाई तीव्रता दिन जोड दिइरहेका छौँ ।’ उनले भने ।
पछिल्लो समय रुसी सेनाले पूर्वी युक्रेनको सेभेरोडोनेत्स्क र लिसिचान्स्क सहरमा आक्रमणलाई तीव्र पारेको जनाइएको छ । लुहान्स्क क्षेत्रमा अवस्थित यी दुई सहर युक्रेनी फौजको नियन्त्रणमा रहेको अन्तिम पकड क्षेत्र हुन् ।

In this image from video provided by the House Television, Ukrainian President Volodymyr Zelenskyy speaks from Kyiv, Ukraine, as he addresses virtually addresses Congress on Wednesday, March 16, 2022. (House Television via AP)




प्रतिक्रिया लेख्नुहोस्