२०८३ बैशाख ११, शुक्रबार

पूर्व सुरक्षाकर्मी परिषद नेपालको शहिद लखन गाउँपालिकाको वडापरिषद गठन

पूर्व सुरक्षाकर्मी परिषद नेपालको शहिद लखन गाउँपालिकाको वडापरिषद गठन कार्यक्रम सम्पन्न भएको छ । पूर्व सुरक्षाकर्मी परिषद नेपालको शहिद लखन वडापरिषद गठन कार्यक्रम शुक्रबार एक कार्यक्रमका माझ सम्पन्न भएको हो ।

शहिद लखन गाउँपालिकाका ९ वडामै पूर्व सुरक्षाकर्मी परिषद नेपालको वडापरिषद गठन भएको पूर्व सुरक्षकर्मी परिषद नेपालको गण्डकी प्रदेश संयोजक उत्तर कुमार श्रेष्ठले जानकारी दिएका छन् । उक्त परिषदको वडा नं १ को अध्यक्षमा नारायण राना, उपाध्यक्षमा धनबहादुर गुरुङ र कोषाध्यक्षमा मिना मग्राती चयन भएकी छन् ।

२ र३ नं वडाको अध्यक्षमा कमल नारायन श्रेष्ठ चयन भएका छन् भने उपाध्यक्षमा प्रेमबहादुर गुरुङ चयन भएका हुन् । त्यस्तै ४ र ५ नै वडामा अध्यक्षमा रोल बहादुर धामी, उपाध्यक्षमा इश्वरी प्रसार तिवारी, सचिवमा ज्ञान बहादुर थापा र कोषध्ष्क्षमा सिता थापा मगर सर्बसहमत चयन भएका छन् ।

वडा नं ६ को अध्यक्ष पदमा शेर बहादुर श्रेष्ठ, उपाध्यक्ष पदमा तेज बहादुर आले र कृष्ण कुँवर, सचिव पदमा नर बहादुर राना र काृषध्यक्ष पदमा संगिता थापा चयन भएको उत्तर कुमार श्रेष्ठले जनाए । वडा नं ७ र ८ मा अध्यक्षमा शंकर बहादुर गरञ्जा मगर, उपाध्यक्षमा यम नारायण श्रेष्ठ,लोक बहादुर परियार र होम बहादुर राना, सह सचिवमा गन बहादुर श्रेष्ठ र कोषाध्यक्षमा रमेश श्रेष्ठ चयन भएका छन् ।

त्यस्तै वडा नं ९ मा अध्यक्षमा तारा बहादुर खड्का, उपाध्यक्षमा धन बहादुर भण्डारी र भरत ढकाल, सचिवमा राजेन्द्र बहादुर थापा र कोषाध्यक्षमा यद बहादुर खड्का चयन भएको उत्तम कुमार श्रेष्ठले नेपाल रैबारलाई जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस्