२०८३ बैशाख १८, शुक्रबार

राँगोलाई गोली हानेर मारियो

काठमाडौंको चन्द्रागिरीमा एक राँगोले आतंक मच्चाएपछि प्रहरीले गोली हानेर मारेको छ।

चन्द्रागिरी नगरपालिका-४ स्थित गोदामचौरमा राँगोले आतंक मच्चाएपछि आज बिहान एक राउन्ड गोली हानी राँगो मारेको काठमाडौं प्रहरी परिसरका एसपीले बताए। नेपालगञ्जबाट ल्याइएको राँगो थानकोटको खरीबोटमा आज बिहान ३ बजेतिर झार्ने क्रममा भागेको थियो।

सो राँगोले त्रिभुवनपार्क, चेकपोष्ट, गोदामचौर लगायतका स्थानमा दौडिएको थियो। त्यसपछि बारीको एक कम्पाउण्डमा छिरेको राँगोलाई गोली हानेर मारेको एसपीको भनाइ छ।

प्रतिक्रिया लेख्नुहोस्