२०८३ बैशाख १२, शनिबार

जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ

सिराहा प्रहरीले जबरजस्ती करणी गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ। गोल बजार नगरपालिका-१० धर्मपुरका ३८ वर्षीय राजकुमार विश्वकर्मालाई बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा इलाका प्रहरी कार्यालय गोल बजारले पक्राउ गरेको हो।

घरमा एक्लै टोलाउने, झोक्रिएर बस्ने गरेकी बालिकालाई अभिभावकले सोधखोज गर्दा आफूमाथि करणी भएको बताएपछि प्रहरीमा खबर गरेको इलाका प्रहरी कार्यालय गोल बजारका प्रमुख प्रहरी निरीक्षकले जानकारी दिए।

प्रहरीले विश्वकर्मालाई तत्काल पक्राउ गरी जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत सिराहाबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्