२०८३ बैशाख १८, शुक्रबार

धरानमा रेडपाण्डाको छालासहित तीन जना पक्राउ

सुनसरीको धरान उपमहानगरपालिका-१५ श्यामचोकबाट एक थान रेडपाण्डाको छालासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सोही ठाउँ डेरा गरी बस्ने मोरङ केराबारी गाउँपालिका-६ का २२ वर्षीय रोजिस राई लगायत छन् । उनीहरुलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

रोजिसको कोठामा रेड पाण्डाको छाला रहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त रेडपाण्डाको छाला फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया लेख्नुहोस्