२०८३ बैशाख १४, सोमवार

त्रिशुलीमा खसेको ट्रकको उद्धारको प्रयास जारी

मुग्लिन नजिकै त्रिशूली नदीमा एउटा ट्रक खसेको छ ।

इच्छाकामना गाउँपालिका वडा नम्वर ५ स्थित नाग्दी खोलामा ९ बजेतिर इँटा बोकेको ट्रक त्रिशूली नदीमा खसेको हो । ट्रकको केही भागमात्रै देखिएको छ । त्यसमा कति जना सवार थिए र उनीहरूको अवस्था के छ भन्ने स्पष्ट भएको छैन ।

प्रहरी टोलीले उद्धारको प्रयास गरिरहेको छ ।

 

प्रतिक्रिया लेख्नुहोस्