२०८३ बैशाख १३, आइतवार

झापामा कारको ठक्करबाट पैदलयात्रीको मृत्यु

झापाको दमक नगरपालिका–४ चियाबगानमा कारको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ४० वर्षीय पुरुष रहेका छन् ।

कारको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा दमक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको सनाखत हुन बाँकी रहेको छ । पैदल हिँडिरहेका उनलाई हिजो बेलुकी सवा ८ बजे बा ९ च ९६७३ नम्बरको कारले ठक्कर दिएको थियो ।

कारसहित चालकलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्