मुग्लिन–चितवन सडक खण्डको १८ किलो भन्ने स्थानमा पहिरो गएपछि सडक अवरुद्ध भएको छ । आज शुक्रबार बिहान ८ बजे पहिरो गए पछि सडक अवरुद्ध भएको हो ।
अहिले उक्त ठाउँमा रातो माटोसहितको लेदो बगिरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । पहिरो पन्छाउन घटनास्थलमा डोजर पुगे पनि निरन्तर लेदो बग्दा सडक खुलाउन मुस्किल भएको जनाइएको छ ।
सो सडकखण्डको केराबारी र १८ किलोमा पटक पटक पहिरो जाँदा सडक दैनिक अवरुद्ध हुने गरेको छ ।







प्रतिक्रिया लेख्नुहोस्