साउदी अरबमा ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध एम्फेटामाइनसहित आठजना पक्राउ परेका छन् । पक्राउपर्नेमा ६ जना सिरियाली नागरिक एवम् दुईजना पाकिस्तानी रहेका छन् ।
साउदी अरबको लागुऔषध नियन्त्रण महानिर्देशनालयका अनुसार रियादस्थित एक गोदाममा छापा मार्दा ४ करोड ६९ लाख १६ हजार ४ सय ८० चक्की एम्फेटामाइन बरामद भएको हो । यसलाई साउदी अरबमा लागुऔषध विरुद्धको कारबाहीमा सबैभन्दा ठूलो सफलताको रूपमा हेरिएको छ । पिठोको थुप्रोमा लुकाएर तस्करले उक्त परिमाणको लागुऔषध रियादस्थित सुख्खा बन्दरगाह कटाउन सफल भएको जनाइएको छ ।
खाडी मुलुकमा एम्फेटामाइनको ठूलो स्तरमा कारोबार हुने गरेको बताइन्छ । खासगरी धनाढ्य वर्गका युवाहरूले यसको प्रयोग गर्ने गरेको पाइएको छ ।







प्रतिक्रिया लेख्नुहोस्