२०८३ बैशाख १७, बिहिबार

चाडपर्व नजिकिएसँगै धनगढी बजार क्षेत्रमा भीडभाड बढ्यो

चाडपर्व नजिकिएसँगै धनगढी बजार क्षेत्रमा भीडभाड बढेको छ । बडादसैँं, शुभदिपावली एवं छठपर्व नजिकिएसँगै यति बेला पर्व मनाउन रोजगारीका लागि भारतका विभिन्न सहर पसेका आफ्नो जन्मथलो फर्कन दिनहुँ कैलालीको त्रिनगर भन्सार नाका हुँदै प्रदेशको अस्थायी राजधानी धनगढी पुग्ने गरेका छन् ।

अध्ययन तथा जागिरका सिलसिलामा काठमाडौं लगायतका सहर गएका पनि कोही घर फर्केका छन् भने कोही फर्कने क्रममा छन् । त्यस्तै अन्य विभिन्न ठाउँ गएका पनि पर्व मनाउनका लागि घर फर्किरहेका छन् । त्यसले गर्दा हिजोआज बजारमा अत्यन्त भीडभाड बढेको पाइन्छ ।

चाडवाड नजिकिएसँगै दिनहुँ बजारमा भीडभाड बढ्दै गएको धनगढीका स्थानिय भोजबहादुर मल्लले बताए ।

 

प्रतिक्रिया लेख्नुहोस्