२०८३ बैशाख १७, बिहिबार

गोंगबुबाट ११ जना जुवाडे पक्राउ

काठमाडौंको गोंगबु स्थित गेस्ट हाउसबाट प्रहरीले ११ जना जुवाडेहरुलाई पक्राउ गरेको छ ।

गोंगबु स्थित ओयो गेस्ट हाउसमा जुवा खेलिरहेको अवस्थामा आरोपीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपीले बताए ।

जिल्ला प्रहरी परिसर काठमाडौं र वृत महाराजगन्जबाट खटिएको प्रहरी टोलीले जुवा खालबाट ४ लाख २५ हजार नगद बरामद गरेको छ । बिहिबार साँझ पक्राउ परेकाहरुको साथबाट ६ बुक तास बरामद गरिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्