२०८३ बैशाख १७, बिहिबार

लागू औषधसहित ३ जना पक्राउ

कास्की र सुर्खेतबाट अवैध लागूऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २६ वर्षीय दानबहादुर भुजेल र २० वर्षीय अरुण सुनार रहेका छन् ।

कास्कीको पोखरा महानगरपालिका–३२ बडहरेबाट १ केजी ९ सय ग्राम गाँजासहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । सुर्खेतको भेरीगंगा नगरपालिका–१२ बाट ३ ग्राम ५५ मिलिग्राम ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरी चौकी जनताको चौताराबाट खटिएको प्रहरीले भुजेलकै घरमा जाँच गर्ने क्रममा उनीहरुलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतको बहराईज नानपरा घर भई वीरेन्द्रनगर नगरपालिका–३ गण्डकी लाईन बस्ने २६ वर्षीय लियाकत अलीले छन् ।उनलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।

प्रतिक्रिया लेख्नुहोस्