२०८३ बैशाख १३, आइतवार

बज्रबाराहीमा आगलागी हुँदा ७५ लाख बराबरको क्षति

मकवानपुरको थाहानगरपालिका–६ बज्रबाराहीमा गएराति विद्युत सट भई आगलागी हुँदा सोही वडा बस्ने मेघबहादुर बलामीको घर पूर्ण नष्ट भएको पालुङ इलाका प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

सो आगलागीबाट खाद्यान्न, लत्ताकपडा, विद्युतीय उपकरण लगायत जलेर नष्ट हुँदा ७५ लाख बराबरको धनजनको क्षति भएको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक दुर्गा खनालले जानकारी दिए ।

उक्त आगो थाहानगरपालिकाको दमकल, पालुङ प्रहरी र स्थानीय बासिन्दाले करिब दुई घण्टापश्चात नियन्त्रण गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्