जबरजस्ती करणी र डाँका मुद्दाका फरार आरोपी प्रतिवादीलाइ प्रहरीले झापामा पक्राउ गरेको छ।
सोमबार कन्काई नगरपालिका-४ बस्ने ७७ वर्षीय धनपति ढुङगानालाई जिल्ला प्रहरीले पक्राउ गरेको हो। उनलाई जिल्ला अदालत झापाले २०६७ पुस १३ गतेको फैसलामा जबरजस्ती करणी र डाँका मुद्दामा ६ वर्ष कैद र ७५ हजार रूपैयाँ जरिवाना सजाय ठहर गरेको तर उनि फरार रहेका हुनाले उनलाई प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापा चन्द्रगढीमा उपस्थित गराइएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय भद्रपुर चन्द्रगढी पठाइएको छ ।







प्रतिक्रिया लेख्नुहोस्