२०८३ बैशाख १६, बुधबार

बैतडीकी मायाको हत्यामा संलग्न भएको आरोपमा सशस्त्रका जवान पक्राउ

बैतडीमा म्यादी प्रहरी युवतीको हत्यामा संलग्न रहेको आरोपमा सशस्त्र प्रहरी बलका एक जवान पक्राउ परेका छन् । पक्राउ पर्नेमा भरतराम कोली छन् । आरोपित कोलीलाई कञ्चनपुरबाट पक्राउ गरेको प्रहरी उच्च स्रोतले पुष्टि गरेको छ ।

बैतडीको पञ्चेश्वर गाउँपालिका–४ की २१ वर्षीया माया लुहारको यही मंसिर १४ गते धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो । उनको घाँटी रेटेर हत्या गरेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । उनीसँगै रहेकी १५ वर्षीया बालिका नेहा लुहार घाइते छिन् । उनको अहिले डडेलधुरा अस्पतालमा उपचार भइरहेको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा सशस्त्र प्रहरीका जवान हत्यामा संलग्न रहेको तथ्य खुलेको थियो । उनलाई पक्राउ गर्न सादा पोसाकमा समेत प्रहरी खटाइएको थियो ।

 

प्रतिक्रिया लेख्नुहोस्