योगाभ्यासमा नेपाल योगा इन्स्टिच्युट एण्ड रिटृट्द्वारा शुक्रबार र शनिवार ( २०७९/०९/०८ र ०९ गते) बोजिनी रिसोर्ट नगरकोटमा Positive Attitude &Stress Management Training Program को आयोजना गरियो । योग गुरु डा.बालकृष्ण खनालले बिभिन्न चार वटा बैकका सहभागीहरुलाई विभिन्न आसनको योगाभ्यास गराउनुका साथै सकारात्मक आचरण र तनाव व्यवस्थापन सम्बन्धी सन्देशमुलक प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा कृषि विकास बैँक लि. बाट ५ जना, ग्लोबल आइएमई बैँकबाट ३ जना, महालक्ष्मी बिकास बैकबाट ४ जना र लक्ष्मी बैकबाट एकजना गरी १३ जना कर्मचारीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको समापनको अवसरमा प्रशिक्षक डा. खनालले दुईदिनको यस कार्यक्रमबाट आफ्नो स्वास्थ्यका लागि सकारात्मक योगाभ्यासको सुरुवात भएकोले सहभागीहरुले यस्ता कार्यलाई निरन्तरता दिइनुपर्ने बताए ।
सहभागीहरुको तर्फबाट कृषि विकास बैक लि. का वरिष्ठ शाखा प्रमुख आत्मदेव वास्कोटा तथा महालक्ष्मी बिकास बैँकका तर्फबाट सुचित्रा सिंहले आफूहरुले सिकेको योगाभ्यासले आफ्नै स्वास्थ्यलाई तन्दुरुस्त बनाउने हुँदा निरन्तर रुपमा गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।






प्रतिक्रिया लेख्नुहोस्