२०८३ बैशाख ११, शुक्रबार

रसुवा, दाङ र पाल्पामा तीनजना मृत फेला

रसुवा, दाङ र पाल्पामा तीनजना मृतावस्थामा फेला परेका छन् ।

प्रहरीका अनुसार रसुवाको गोसाइँकुण्ड गाउँपालिका–६ स्थित निर्माणाधीन माथिल्लो त्रिशूली २१६ हाइड्रोपावरमा काम गर्ने गोसाइँकुण्ड–५ का ४० वर्षीय रिसम वाङदी तामाङ आफ्नै सुत्ने ओछ्यानमा मृतावस्थामा फेला परेका छन् । दाङको गढवा गाउँपालिका–८, डाँडागाँउ बस्ने ५२ वर्षीय डम्फु चौधरी आफ्नै घरको सुत्ने कोठामा मृतावस्थामा फेला परेका छन् ।

पाल्पाको रैनादेवी छहरा गाउँपालिका–६, पटुवाचौर बस्ने ६० वर्षीय बेदबहादुर बलाल सोही ठाउँस्थित नेप्टा भीरमा मृतावस्थामा फेला परेका छन् । गएको आइतबार आफन्तकोमा गएकामा घर नफर्केपछि खोजी गर्ने क्रममा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्