२०८१ बैशाख ७, शुक्रबार

पाल्पामा एकनाले भरुवा भन्दुकसहित दुई जना पक्राउ

पाल्पाको रिब्दिकोट गाउँपालिका ६ ठिमुरेस्थित जंगलबाट एकनाले भरुवा भन्दुकसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा तिनाउ गाउँपालिका ६ बस्ने ५७ वर्षीय निर बहादुर सारु र उनकै छोरा २८ वर्षीय टिकाराम सारु रहेका छन् । उनीहरुका साथबाट एकनाले भरुवा बन्दुक १ थान, करिब १ सय ग्राम बारुद, फलाम र सिसाका टुक्रा बरामद गरेको प्रहरीले जनाएको छ ।

उनीहरू उक्त जंगलमा सिकार खेल्न गएको भन्ने सूचनाको आधारमा प्रहरी चौकी हार्थोकबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त हातहतियारसहित फेला पारी पक्राउ गरेको हो ।

प्रतिक्रिया लेख्नुहोस्