ओखलढुंगाको चिसंखुगढी नगरपालिका–३, दियालेमा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।
आइतबार बिहान ना१ज ८४७३ नम्बरको जीप दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको जनाइएको छ । स्थानीय भक्तबहादुर थापा र मीनबहादुर श्रेष्ठको मृत्यु भएको हो ।
ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी प्रदर्शनी कुमारीका अनुसार दुर्घटनामा आठजना घाइते भएका छन् । हेलिकोप्टरमार्फत उद्धार गरेर घाइतेहरूलाई उपचारका लागि काठमाडौं पठाइएको उनले जानकारी दिइन् ।
प्रतिक्रिया लेख्नुहोस्