२०८३ बैशाख १७, बिहिबार

कञ्चनपुरबाट लागूऔषधसहित तीन जना पक्राउ

कञ्चनपुरबाट प्रहरीले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।

जिल्ला शुक्लाफाँटा नगरपालिका वडा नम्बर १२ जाई जाने भित्री बाटोमा से २ प ५५१३ नम्बरको मोटरसाइकललाई शङ्का लागि चेकजाँच गर्ने क्रममा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा शुक्लाफाँटा नगरपालिका वडा नम्बर १० बस्ने टेक गौतम, सोही ठाउँ बस्ने कृष्ण राना र बेलौरी नगरपालिका वडा नम्बर ९ बस्ने प्रदीप चौधरी रहेका छन् ।

प्रहरीले उनीहरूको साथबाट ३ दशमलव ११० ग्राम ब्राउन सुगर बरामद गरेको छ ।

प्रतिक्रिया लेख्नुहोस्