२०८१ चैत्र १, शनिबार

आशिका तामाङलाई १० हजार धरौटीमा छाड्ने निर्णय

अभद्र व्यवहारमा मुद्दामा पक्राउ परेकी आशिका तामाङलाई जिल्ला प्रशासन कार्यालय काठमाडौँले रिहा गर्ने निर्णय गरेको छ। उनलाई १० हजार धरौटीमा छाड्ने निर्णय गरिएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताए।

उनलाई स्वयम्भूबाट पक्राउ गरेर प्रहरी वृत्त गौशालाले अनुसन्धान गरेको थियो। माघ २ मा पक्राउ परेकी आशिकालाई धरौटी बुझाएपछि फेरि पक्राउ गर्ने प्रहरीको तयारी छ। उनीविरुद्ध भक्तपुरमा पनि अभद्र व्यवहार मुद्दा दर्ता भएको छ। काठमाडौँका प्रजिअ भन्छन्, ‘भक्तपुरमा पनि मुद्दा रहेछ, धरौटी बुझाएपछि उता पठाउँछौँ।’

पशुपति क्षेत्र विकास कोषका कर्मचारीको विषयमा तामाङले गौशालाका डीएसपी शुकदेव खनालसँग ‘विवाद’ गरेकी थिइन्। प्रहरीसँग उनले विवाद गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ। उनले प्रहरीको काममा अवरोध सिर्जना गरेको आरोप छ।

 

 

प्रतिक्रिया लेख्नुहोस्