२०८३ बैशाख १७, बिहिबार

उपल्लो मुस्ताङमा हिउँ चितुवापीडितलाई राहत वितरण

राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), इलाका संरक्षण कार्यालय लोमान्थाङले उपल्लो मुस्ताङका हिउँ चितुवापीडित पशुपालक किसानलाई राहत वितरण गरेको छ ।

एक्याप लोमान्थाङले आर्थिक वर्ष २०८१(८२ मा उपल्लो मुस्ताङमा हिउँ चितुवाको आक्रमणबाट पीडित किसानलाई राहत वितरण गरेको जनाएको छ । उपल्लो मुस्ताङमा हिउँ चितुवाको आक्रमणबाट क्षति भएका १२५ वटा पशुचौपायाको राहत स्वरुप ११ लाख ३५ हजार भुक्तानी गरिएको एक्याप लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलले जानकारी दिए ।

हिउँ चितुवाको आक्रमणबाट क्षति भएको पशुधनको ४३ प्रतिशत मात्रै राहत भुक्तानी र अझै रु २६ लाख ९४ हजार अर्थात् ५७ प्रतिशत राहत रकम वितरण गर्न बाँकी छ । उपल्लो मुस्ताङमा आर्थिक वर्ष २०८०-८१ मा २२ पशुधन क्षति भएको र राहत स्वरुप रु चार लाख १८ हजार र आर्थिक वर्ष २०८१-८२ मा क्षति भएको १०३ पशुधनको राहत रु २२ लाख ७६ हजार वितरण गर्न बाँकी रहेको एक्याप लोमान्थाङको भनाइ छ ।

प्रतिक्रिया लेख्नुहोस्