२०८३ बैशाख ११, शुक्रबार

नागढुङ्गा–मलेखु सडक आजदेखि दैनिक पाँच घण्टा बन्द

नागढुङ्गा–नौबिसे–मलेखु सडक खण्ड आजबाट पुस १ गतेसम्म सडक स्तरोन्नति र मर्मतका लागि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । उक्त सडकमा कालोपत्रे तथा चट्टान काट्ने काम गर्नुपर्ने भएका कारण आंशिक रूपमा सवारी आवागमनमा रोक लगाइएको हो ।

यस अवधिमा प्रत्यक दिन बिहान १०ः ३० बजेदेखि दिउँसो ३ः ३० बजेसम्म नागढुङ्गादेखि पिपलामोडसम्म र धादिङको पोखरे भिरमा सवारी चल्न पाउने छैनन् । मङ्सिर २४ गतेदेखि नै सडक बन्द गरेर काम थालिएको भए पनि एमाले महाधिवेशनलाई असर पर्ने गुनासो आएपछि बिचमा मंसिर २६ र २७ गते सडक खोलिएको थियो ।

एमाले निकट युवा सङ्घको टोलीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङलाई भेटेर आग्रह गरेपछि दिउँसोको समयमा सडक खोलेर सहज बनाइएको थियो । उक्त सडक पुन: आजबाट नियमित रुपमा काम अघि बढाइएको छ ।

 

प्रतिक्रिया लेख्नुहोस्