२०८३ असार ३०, मङ्लबार

धरानमा विद्युतको गाडी दुर्घटना: प्राधिकरणका दुई कर्मचारीको मृत्यु

नेपाल विद्युत् प्राधिकरणको धरान वितरण केन्द्रअन्तर्गत विद्युत् मर्मत कार्यमा राति खटिएको स्कारपियो गाडी दुर्घटनामा पर्दा दुई कर्मचारीको मृत्यु भएको छ।

दुर्घटनामा धरान–१३ निवासी ३३ वर्षीय बिर्खबहादुर राई र धरान–१६ निवासी ४९ वर्षीय सुमन आचार्यको निधन भएको हो। राई सेवा करारअन्तर्गत चालकका रूपमा कार्यरत थिए भने आचार्य नेपाल विद्युत् प्राधिकरणका स्थायी कर्मचारी रहेको जनाइएको छ।

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया लेख्नुहोस्