उदयपुरमा १९९ किलो प्रतिबन्धित लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले कटारी नगरपालिका–४ स्थित मरुवा खोला क्षेत्रबाट गाँजा र टिपरसहित एक जनालाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार भदौ ८ गते राति करिब १ः४५ बजे बेतेनीबाट कटारीतर्फ आउँदै गरेको ना ७ ख ८१७३ नम्बरको टिपर चेकजाँच गर्ने क्रममा गाँजा फेला परेको थियो।
गाँजासहित पक्राउ पर्नेमा रुपन्देहीको देवदह नगरपालिका–७ स्थायी ठेगाना भएका तथा हाल कटारी नगरपालिका–४ बस्दै आएका २१ वर्षीय सोम मगर रहेका छन्।
प्रहरीले उनलाई टिपरसहित नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ।







प्रतिक्रिया लेख्नुहोस्