२०८३ भदौ १५, सोमवार

जेनजी अभियन्ता मिराज ढुंगानाको टोली नुवाकोटमा राहत लिएर पुग्यो

जेनजी अभियन्ता मिराज ढुंगानासहितको टोली बाढी प्रभावित नुवाकोटमा राहत सामग्री लिएर पुगेको छ ।

टोलीले नुवाकोट दरबारमा सञ्चालित बाढीपीडित शिविरमा खाद्यान्न, मेडिकल किट, लत्ताकपडा तथा बालबालिकाका लागि आवश्यक सामग्री वितरण गरेको हो।

हाल शिविरमा ७६ जना बाढीपीडित आश्रय लिइरहेका छन्। उनीहरूमध्ये ४७ जना १८ वर्षमुनिका बालबालिका छन्। बालबालिकालाई लक्षित गरी खेलौना, लत्ताकपडा, भित्री कपडा र खाद्यान्नलगायत सामग्री उपलब्ध गराइएको मिराजले बताए।

प्रतिक्रिया लेख्नुहोस्