प्रहरी हुँ भन्दै डर, त्रास र धाकधम्की दिई रकम असुल गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चन्द्रागिरि नगरपालिका–२ बसुन्डोलका ३१ वर्षीय रोशन सुर्खेती र २६ वर्षीय सन्जय बिसुंखे रहेका छन् । प्रहरीका अनुसार उनीहरू बिहीबार साँझ चन्द्रागिरि नगरपालिका–७ थानकोटस्थित एक स्वास्थ्य क्लिनिकमा प्रवेश गरी आफूहरू सादा पोसाकमा खटिएका प्रहरी भएको र मेडिकल अनुगमन गर्न आएको भन्दै डर, त्रास तथा धाकधम्की दिएका थिए । उनीहरूले औषधि पसलको काउन्टरबाट नगद रकमसमेत लिएर भागेको सूचना पाएपछि जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरूविरुद्ध आपराधिक लाभ तथा ठगीसम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौंबाट चार दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






प्रतिक्रिया लेख्नुहोस्