२०८३ अशोज १४, बुधबार

अनुपम फुडल्याण्डका सञ्चालक कृष्ण पौडेल पक्राउ

अनुपम फुडल्याण्डका सञ्चालक कृष्ण पौडेल पक्राउ परेका छन् ।

प्रहरी स्रोतका अनुसार पौडेललाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । पक्राउपछि उनलाई प्रहरी वृत्त गौशालाको हिरासतमा राखिएको छ ।

पौडेल पक्राउ पर्नुको कारणबारे प्रहरीले औपचारिक रूपमा केही बताएको छैन । यद्यपि, उनीविरुद्ध अभद्र व्यवहारको कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंमा म्याद लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

पौडेल नेपाली कांग्रेसका नेता शेखर कोइरालानिकट मानिन्छन् ।

प्रतिक्रिया लेख्नुहोस्