२०८३ कार्तिक ११, मङ्लबार

प्रेन्सा रेग्मीलाई सरुभक्त राष्ट्रिय बालप्रतिभा पुरस्कार

सामाजिक सेवामार्फत विपन्न समुदायको हितमा योगदान पुर्‍याउँदै आएकी बाल सामाजिक अभियन्ता प्रेन्सा रेग्मीलाई ‘सरुभक्त राष्ट्रिय बालप्रतिभा पुरस्कार–२०८३’ प्रदान गरिने भएको छ। सरुभक्त केन्द्रले उनलाई ५० हजार रुपैयाँ नगद र सम्मानपत्रसहित पुरस्कृत गर्ने निर्णय गरेको हो।

पुरस्कार छनोट समितिको सिफारिसलाई केन्द्रको कार्यसमितिले अनुमोदन गरेपछि रेग्मीलाई पुरस्कृत गर्ने निर्णय भएको हो। छनोट समितिका संयोजक डा. ईश्वरमणि अधिकारीका अनुसार सानै उमेरदेखि सामाजिक क्षेत्रमा देखाएको सक्रियता, मानवीय संवेदना तथा सामाजिक र आर्थिक रूपमा पछाडि परेका समुदायको हितमा पुर्‍याएको योगदानका आधारमा उनलाई छनोट गरिएको हो।

बालप्रतिभा कला, साहित्य, सङ्गीत र खेलकुदमा मात्र सीमित नभई सामाजिक चेतना, मानवीय सेवा र समाज रूपान्तरणप्रतिको प्रतिबद्धतामा पनि अभिव्यक्त हुने मान्यतालाई यस छनोटले समेटेको केन्द्रले जनाएको छ।

वि.सं. २०६९ फागुन ६ गते म्याग्दीको मंगला गाउँपालिका–७ मा जन्मिएकी रेग्मी हाल पोखरा महानगरपालिका–११, फूलबारीमा बसोबास गर्दै आएकी छन्। उनी पोखरास्थित गण्डकी बोर्डिङ स्कुलमा कक्षा ९ मा अध्ययनरत छिन्।

कोभिड–१९ महामारीका कठिन समयमा उनले मास्क तथा सेनिटाइजर वितरण, विपन्न परिवारका लागि खाद्यान्न व्यवस्थापन र आवश्यकतामा परेका व्यक्तिलाई कपडा उपलब्ध गराउने काम गरेकी थिइन्। उनले स्थापना गरेको लुगा बैंकमार्फत विपन्न बालबालिका तथा परिवारलाई सहयोग पुर्‍याउँदै आएकी छन्। विद्यालय जाने बालबालिकालाई शैक्षिक सामग्री उपलब्ध गराउने र आर्थिक रूपमा कमजोर समुदायका आवश्यकता सम्बोधन गर्ने काममा पनि उनी सक्रिय छिन्।

रेग्मीले बालिका तथा महिलामाथि हुने हिंसाविरुद्ध आवाज उठाउँदै हिंसामुक्त विद्यालय र समाज निर्माणका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएकी

प्रतिक्रिया लेख्नुहोस्