नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करण मा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १३३ रनको लक्ष्य दिएको छ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३२ रन बनाएको हो।
कर्णालीका लागि अरिफुल इस्लामले सर्वाधिक ४३ रन बनाए। उनले २९ बलमा चार चौका प्रहार गरे। यस्तै, पवन सर्राफले ३७ रनको योगदान दिए। उनले ३७ बल खेले।
कर्णालीले सुरुवातदेखि नै लगातार विकेट गुमाएको थियो। मार्क वाट पहिलो ओभरको अन्तिम बलमा एक रन बनाएर आउट भए। चार रनमा पहिलो विकेट गुमाएको कर्णालीले १८ रन पुग्दा दोस्रो विकेट पनि गुमायो।
जनकपुरका डेब्यु खेलाडी राहुल यादवले पहिलो बलमै दीपक डुम्रेलाई १३ रनमा आउट गरे। कर्णालीले ३७ रन जोड्दा हुसेन तलत तीन रन बनाएर पभेलियन फर्किए।
त्यसपछि अरिफुल र पवनले चौथो विकेटका लागि ४२ रनको साझेदारी गर्दै कर्णालीको इनिङ्स सम्हाल्ने प्रयास गरे। अरिफुल ४३ र पवन ३७ रन बनाएर आउट भए।
अक्बर अली र कप्तान सोमपाल कामीले समान एक रन बनाए भने गुल्सन झाले १२ रन जोडे। नन्दन यादव नौ रनमा आउट भए। युवराज खत्री र युनिश ठकुरी अविजित रहे।
बलिङतर्फ जनकपुरका कप्तान हर्मीत सिंहले सर्वाधिक तीन विकेट लिए। मोइन अली र राहुल यादवले दुई(दुई तथा ललित राजवंशीले एक विकेट हात पारे।







प्रतिक्रिया लेख्नुहोस्